
बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा एक जनालाई आज कालीगण्डकीले बगाएर बेपत्ता बनाएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २१–२२ वर्षीय सदान्द पोखरेल कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडी कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा वेपत्ता भएका पोखरेलको खोजी जारी रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका –७ मा रहेको ठूलोखोला जलविद्युत आयोजनामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाको टोलीमा वेपत्ता पोखरेलको खोजीमा सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

