घोडेपानीमा अन्नपूर्णको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

घोडेपानी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१÷०८२ को समिक्षा कार्यक्रम बिहिबार पर्यटकीय स्थल घोडेपानीमा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र स्वास्थ्य संस्थाका प्रतिनीधिहरुको उपस्थितिमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा गत वर्षका उपलब्धी, समस्या र चालु आर्थिक वर्षको कार्यक्रमका विषयमा छलफल भएको थियो ।
स्वास्थ्य चौकी, आयुर्वेद शाखा र स्वास्थ्य संस्थाका प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समिक्षा कार्यक्रमको समापनका क्रममा गत आर्थिक वर्षको विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गर्ने दाना, भुरुङ्ग–तातोपानी र घार स्वास्थ्य चौकीका प्रमुखलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
यसैगरी दाना स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष रमेश पुर्जालाई पनि दोसल्ला ओदाई सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे, स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले सम्मान गर्नुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


गत आर्थिक वर्षमा लगातार दोस्रो वर्ष पूर्ण संस्थागत प्रसुति पालिका, पूर्णखोप पालिका, बच्चाको २३ महिनामा २२ पटक तौल अनुगमन, जनसंख्या र पारिवारिक प्रोफाइल निर्माण, आवश्यक औषधी तथा स्वास्थ्य सामग्रीको समयमै ब्यवस्थापन गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो ।
गाउँपालिकाको बजेटबाट स्वास्थ्य चौकीमा खाजा खर्च वापत मासिक रु. दुई हजार, मोवाईल सेट तथा रिचार्ज कार्ड, खोप लगायत गाउँघर क्लिनिक, स्कुल हेल्थ र अन्य कार्यक्रममा जाँदा यातायात खर्चको व्यवस्थापन गरिएको छ ।
हिस्तान औलामा पाँच शैया क्षमताको अस्पताल भवन निर्माण भएको र दोवामा निर्माण भएको अस्पताल सञ्चालनका लागि उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारसँग पहल गरिएको बताउनुभयो । प्रदेश सरकारले रु. १९ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
नारच्याङमा बर्थिङ्ग सेन्टर स्थापना भएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवा तिलिजा पुनले गत वर्ष पोखरेबगर र चित्रेमा स्वास्थ्य इकाई स्थापना गरेर सेवा विस्तार गरिएको बताउनुभयो । हिस्तानको अस्पताल भवनमा पानी चुहिएको विषयमा भवन डिभिजन कार्यालयमा जानकारी गराएको र दशै पछि प्राविधिक टोली आउने अध्यक्ष पुनले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले स्वास्थ्य संस्थाको अनुगमनका क्रममा स्वास्थ्य कर्मीहरुले सिर्जनशिल काम गरेको पाएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...