कोरला नाकाबाट व्यवसायिक अवसर सिर्जना : म्याग्दी उद्योग वाणिज्य संघ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बीनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको छ ।

तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली ब्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुदै राजधानी काठमाडौमा चिनीया सामग्री आयात, निर्यात गर्न थालेका हुन् । वि.स. २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि ब्यापारिक रुपमा सञ्चालन हुन थालेको हो ।

भारत र चिनको सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा ब्यापार ब्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna

बेनी, जोमसोम हुदै कोरला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैको सामान लिन कोरला जाने क्रममा रहेका उहाँले बताउनुभयो । “कोरला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका ब्यवसायीहरु उत्साही भएका छौ,” उहाँले भन्नुभयो “गण्डकी र लुम्बीनी प्रदेशका लागि कोरलाबाट सामान ल्याउँदा सस्तो पर्छ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कोरला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दशैका लागि नेपाली ब्यापारीले चिनमा किनेका सामानहरु बोकेका कन्टेनरहरु रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरलामा आएका बताउनुभयो ।

समुन्द्रि सतहदेखि चार हजार सात सय मिटर उचाईमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत बर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताउनुभयो । चिनबाट एक सय ५१ वटा विद्युतीय गाडी पनि आयात भएको छ ।

नेपालबाट मुर्ती, कपडा र बाँसका मुढा चिन निकासी भएको छ । दसैका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनीया कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ ।

कोरलामा सामान लिन जाने र सामान लिएर आउने कन्टेनरहरुको स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा सहज आवत जावतको ब्यवस्थाका लागि स्थानीय प्रशासन र कालीगण्डकी कोरिडोर सडक योजना कार्यालयसँग समन्वय गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रसुवा नाका गत असार २४ गतेदेखि बाढी र पहिरोले गर्दा बन्द भएको छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाई हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दसैंको मुखमा कच्चा पदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोरला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...