म्याग्दी कारागारबाट कैदीबन्दी भगाउने छ जनाको नाम सार्वजनिक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः म्याग्दीमा कारागारबाट कैदीबन्दी भगाउने कार्यमा संलग्न भई प्रहरीले पक्राउ गरेका छ जनाको नाम मंगलबार सार्वजनिक भएको छ ।

पक्राउ पर्ने चार जना बेनी नगरपालिका १ र दुई जना वडा नम्बर २ खबराका छन् ।

बेनी नगरपालिका –२ खबराका २९ वर्षीय अर्जुन जि.सी., २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा १ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनिल थापामगर, ३१ वर्षीय सुसन थापामगर र १९ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उनिहरुलाई म्याग्दी जिल्ला अदालतबाट भदौ २७ गतेदेखि लागु हुने गरि सात दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ । कारागार ऐन २०७९ बमोजिम मुद्दा चलाइएको हो ।

बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । मङ्गलवार सम्म १४ जना बाहेक सबै कारागार फर्काइएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

“मङ्गलवार पक्राउ भएका एक जना र आफै सम्पर्कमा आएका चार जनालाई कारागार पठाएका छौ,” उहाँले भन्नुभयो “फरार १४ जना कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ ।”
काठमाडौबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कारागारमा भएका ८८ जना मध्य महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिड्न नसक्ने बाहेक सबै ताला तोडेर भागेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...