
बेनी, । बेनी नगरपालिका–९ नेप्टेचौरमा असोज पहिलो हप्तादेखि तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिता हुने भएको छ ।
बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको हो । बेनी नगरपालिका, ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा जनहित युवा क्लवले आयोजना गरेको प्रतियोगिता असोज ६ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ ।
लोकेन्द्र खड्काको नेतृत्वमा आर्थिक, नारायण कार्कीको नेतृत्वमा खेलकुद, बिजय चोखाललाई मेला संयोजक, सुरेश चोखाललाई सांस्कृतिक संयोजकको जिम्मेवारी दिएर तयारी तिब्र पारिएको छ ।



२० वर्ष भन्दा कम उमेर समूहको, भेट्रान्स र पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार एक सय ११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष विपिन चोखालले बताउनुभयो ।
२० वर्ष भन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था रहेको सचिव सविस चोखालले बताउनुभयो ।
घतानको पछिल्लो तीन वर्षयता फरक फरक बस्तिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुदै आएको छ । खेलकुदको विकास र खेल प्रतिभा पहिचानका लागि वडा अध्यक्ष कपले सहयोग पुग्ने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।
वडा अध्यक्ष कपको अवसरमा साँझ ५ देखि ८ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गित प्रस्तुति पनि रहनेछ् । असोज ८ गते रिना के.सी., चालेन्द्र पौडेल, ९ गते माया गुरुङ, ध्रुब जिसी, अमित विश्वकर्मा, १० गते मन्जु बि.क., कृष्ण सुवेदी, ११ गते शान्तारानी परियार, रवी कार्की, १२ गते सम्भोज मल्ल र सन्तोष पुनको प्रस्तुति रहने सास्कृति संयोजक शुरेस बिक्रम चोखालले बताउनुभयो ।
