म्याग्दीका पार्टी कार्यालय तोडफोड र आगजनीमा करिब ६३ लाखको क्षति

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः ‘जेनजी’ पुस्ताको आन्दोलनले उग्र रुप लिदाँ भदौ २४ गते बेनीमा रहेका राजनीतिक दलको पार्टी कार्यालय तोडफोड र आगजनीबाट करिब रु. ६३ लाख मूल्य बराबरको क्षति भएको विवरण संकलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले आइतबार नेपाली काँग्रेस, नेकपा (एमाले), (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपाको पार्टी कार्यालयमा पुगेर क्षतिको विवरण संकलनका साथै मूचुल्का तयार पारेको हो ।

आन्दोलनमा संलग्नहरु मध्य एउटा समुहले राजनीतिक पार्टीको पार्टी कार्यालयमा तोडफोड, ढुङ्गामुडा प्रहार गर्नुका साथै फर्निचर र कागजपत्र निकालेर भवन बाहिर ल्याएर जलाएका थिए । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले रु. ३७ लाख मूल्य बराबरको क्षति भएको बताउनुभयो ।

Shreekrishna

सबैभन्दा पछाडी आगजनी भएको हाडेभिरमा रहेको एमालेको पार्टी कार्यालयमा अन्य पार्टीको तुलनामा धेरै क्षति पुगेको छ । संगमचोकमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयमा रु. १९ लाख ३८ हजार बराबरको क्षति भएको काग्रेस म्याग्दीका सचिव भरत रकालले बताउनुभयो ।

सबैभन्दा पहिले आक्रमणकारीले तोडफोड र आगजनी गरेको महारानी थानमा रहेको नेकपा (माओवादी केन्द्र)को कार्यालयमा रु. चार लाख ५० हजारको क्षति भएको इञ्चार्ज गोविन्द पौडेलले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

न्युरोडमा रहेको राप्रपाको कार्यालयमा रु. एक लाख ७० हजारको क्षति भएको अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले बताउनुभयो । गणेशटोलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा रु. ३५ हजार बराबरको क्षति भएको उपसभापति छवी आचार्यले बताउनुभयो ।

बिरेन्द्रचोक स्थित खाद्य संस्थाले बिक्री गरेको जग्गामा रहेको नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाको कार्यालयमा आन्दोलनकारीले बोड मात्र झिकेर फालेका थिए । बेनीमा रहेका सरकारी कार्यालयहरु भने जोगिएका छन् ।

राजनीतिक दलका युवा र विद्यार्थी नेता कार्यकर्ताहरु तथा स्थानीयबासीहरु सहभागी प्रर्दशनमा सहभागी मुकुन्डो, माक्स लगाएका युवा तथा किशोरहरुको एउटै समुहले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा देखिन्छ । प्रर्दशनलाई अराजक बनाउने र तोडफोडमा संलग्नहरुको पहिचान भएको र उनिहरुका विरुद्ध कानुनी कारबाही गरिने नेताहरुले बताएका छन् ।

पार्टी कार्यालयका झ्यालको सिसा र ढोका फुटाइएका छन् । कार्यालयभित्र भएका टेबुल, कुर्ची, सोफा, झण्डा, पानी टंकी, कम्प्युटर, प्रिन्टर, फाइल, निर्णय पुस्तिका, अभिलेखहरु भवन बाहिर ल्याएर आगो लगाई जलाएका थिए ।

जेनजी आन्दोलनको नाममा धवलागिरी गाउँपालिका–१ गुर्जा र –२ लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेष्ट पोष्ट कार्यालय भवन तोडफोड र आगजनी भएको छ । आरक्षको विपक्षमा रहेका गुर्जा र लमसुङका बासिन्दाहरुले जेनजी आन्दोलनका नाममा भवन भत्काएर आगो लगाएका हुन ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...