म्याग्दी कारागारबाट थुनुवा कैदी भगाउन सहयोग गर्ने पाँच जना पक्राउ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाबाट थुनुवा र कैदी भगाउन सहयोग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ बमोजिम अनुसन्धान र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सुरक्षा संवेदनशिलताका कारण पक्राउ परेकाहरुको नाम तत्काललाई गोप्य राखिएको उहाँले बताउनुभयो । भदौ २५ गते बिहान म्याग्दी कारागारमा पुगेको समूहले ७६ जना कैदीबन्दी भगाएको थियो ।

Shreekrishna

८८ जना कैदीबन्दी रहेको कारागारमा छ जना महिला सहित हिड्न नसक्ने, बिरामी र कैद अवधी सकिन लागेका १२ जना बाहेक सबैलाई उक्त समूहलाई भगाएका थिए । भागेकाहरु मध्य ३५ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...