हिस्तानमा राजनीतिक दललाई प्रवेश निषेध गर्ने वडा अध्यक्षको घोषणा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी। जेनजी आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोग र १९ जनाको मृत्यु तथा तीन सय भन्दा बढी घाइते भएको घटनाप्रति असन्तुष्टि जनाउदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडा अध्यक्षले राजनीतिक दललाई वडा प्रवेश निषेध गर्ने घोषणा गर्नुभएको छ ।

सोमबार राती सामाजिक सञ्जाल फेसबुक मार्फत वडा अध्यक्ष मइलन पुर्जा पुनले पद जाने भएकाले पार्टी परित्याग गर्न नसकेपनि परिवर्तनका लागि सुरुवात गर्न आव्हान गर्नुभएको छ । पुर्जा वि.स. २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“अब म वडा अध्यक्ष रहुन्जेल कुनै पनि पार्टी मेरो वडाको गाउँ गाउँमा कार्यक्रम गर्न नछिरोस, ठाडो चेतावनी, राम्रो हुने छैन, गाउँबासी मिलेर लेख्नुहोला,” उहाँले लेख्नुभएको छ “छि¥यो र केही घटना घट्यो भने आफै जिम्मेवारी रहोस । हाम्रो वडामा अब ८४ सम्मै राजनीतिक पार्टीका कार्यक्रम बन्द गर्नका निम्ती सबै वडाबासीले सेयर गरौ ।”

Shreekrishna

पुर्जा म्याग्दीमा सबैभन्दा कम उमेरका वडा अध्यक्ष हुनुहुन्छ । उहाँले वडामा केही रचनात्मक कार्यक्रमको सुरुवात गर्नुभएको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको निधनप्रति शोक व्यक्त गर्दै हिस्तानका विद्यालयहरुमा मंगलबार शोक बिदा दिएको पनि वडा अध्यक्ष पुर्जा पुनले बताउनुभएको छ ।

आफ्नै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले गरेको गलत क्रियाकलापको मइलनले खुलेर बिरोध गर्ने आँट गर्नुभएको छ । मइलन एमालेको वडा कमिटिको अध्यक्षको जिम्मेवारीमा पनि हुनुहुन्छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...