भ्रष्ट्राचार र बेतिथिका विरुद्ध बेनीमा जेनजीको प्रर्दशन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । भ्रष्ट्राचार र बेतिथिका विरुद्ध तथा बन्द भएको सामाजिक सञ्जाल खुलाउन माग गर्दै सोमबार बेनीमा जेनजी पुस्ताले प्रर्दशन गरेका छन् ।

बिरेन्द्रचोकमा दिउँसो १ बजेदेखि भेला भएका दश जोड दुई र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरुले सरकारले सामाजिक सञ्जालहरुमा हालै लगाएको प्रतिबन्ध खुलाउनुपर्ने, भ्रष्ट्राचार नियन्त्रण र शुसासनको माग सहित नाराबाजी गरेका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सहभागीहरुले खानलाई नुन छैन, तिमिलाई आड्न सुन चाहिने ?, नो करपसन, करपसन स्टप, स्वतन्त्र आवाज हाम्रो अधिकार, अभिव्यक्ति स्वतन्त्रता कायम गर भन्ने नारा लेखेको प्ले कार्ड बोकेका थिए ।
बिरेन्द्रचोकबाट सुरु भएको ¥याली, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो । सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका नेता समेत रहेका म्याग्दी क्याम्पसका स्ववीयु सभापति संगम चोखालको नेतृत्वमा प्रर्दशन भएको थियो ।

Shreekrishna

सरकारलाई खबरदारी गर्न भएको प्रर्दशन शान्तिपूर्ण रुपमा सम्पन्न भएको चोखालले बताउनुभयो । भ्रष्ट्राचारको अन्त्य, शुसासन र सामाजिक सञ्जाल खुलाउन माग गरेका जेनजी पुस्ताले नेता, कर्मचारीहरुको विलासी जिवनशैली र करको सदुपयोगका बारेमा प्रश्न गरेका छन् । राज्यको नीति नियम र कानुन कार्यान्वयनमा सबैलाई समान व्यवहार हुनुपर्ने उनिहरुको माग छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...