बिबिध कार्यक्रम गरि निजामती सेवा दिवस मनाइयो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। म्याग्दीमा आइतबार बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस –२०८२ मनाइएको छ ।

निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा बिहान बेनी बजारमा प्रभातफेरी गरिएको थियो । बेनीमा रहेका कार्यालयका प्रमुख, कर्मचारी र सुरक्षाकर्मीहरु सहभागी प्रभातफेरी बिरेन्द्रचोक देखि शुरु भएर हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।

दिवसको अवसरमा निजामती कर्मचारीहरुको आधिकारीक टे«ड यूनियन म्याग्दीले आयोजना गरेको प्रतियोगितामा बिजयी भएका कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो । शनिबार भएको प्रतियोगितामा जिल्ला हुलाक कार्यालय म्याग्दी प्रथम, बेनी अस्पताल दोस्रो, जिल्ला प्रशासन कार्यालय तेस्रो र बेनी नगरपालिका शान्तवना भएका थिए ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रथम, दृतीय, तृतीय र सान्तवनालाई क्रमश ः रु. १५ हजार, १२ हजार, नौ हजार र चार हजार नगदको साथै प्रमाणपत्र वितरण गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा १५ वटा कार्यालयले सहभागिता जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा बेनी नगपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत युवराज थापा, निजामती कर्मचारीका कोषाध्यक्ष सोमबहादुर केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

दिवसको अवसरमा जनप्रतिनिधी र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेनी नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माको समूह प्रथम र सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदीको समूह उपबिजेता भएको थियो । पहिलो र दोस्रो हुने टिमलाई रु. पाँच हजार र दुई हजार पाँच सय नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।

यसैगरी शनिबार गलेश्वरमा कर्मचारी मिलन केन्द्रको आयोजनामा सरसफाई गरिएको थियो । शुक्रबार बिरेन्द्रचोकमा प्रदेश अस्पताल बेनीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कर्मचारी र सर्वसाधारणको स्वास्थ्य परिक्षण गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...