
बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा शनिबार राती गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मुस्ताङ देखि पोखरा जादै गरेको बि.ए.ए. २६३४ नम्बरको डिमेक्स हाईलेक्स गाडीले राती करिब आठ बजेतिर ठक्कर दिदाँ पर्वतको जलजला गाउँपालिका–७ का कमल सुनारका ३ वर्षीय छोरा रियास सुनार घाइते भएका थिए ।

घाइते बालकको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले ८–४३ मा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

चालक कास्कीको पोखरा महानगरपालिका ५ परस्याङका सिसिर परियार र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेका उहाँले बताउनुभयो । ––– सन्तोष गौतम
फोटो पनि साथमा छ ।
