विद्यार्थीलाईलाई एक लाख ७० हजारको पोशाक र शैक्षिक सामग्री सहयोग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार रु. एक लाख ७० हजार बराबरको पोशाक र शैक्षिक सामग्री सहयोग प्राप्त भउको छ ।

मुना घर भई हाल जापानमा रहनुभएका विद्यालयका पुर्व विद्यार्थी दिपक शेपुञ्जाले धवलागिरी माविका कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई रु. एक लाख ५६ हजार मूल्य बराबरको खेलकुद पोशाक सहयोग गर्नुभएको हो । विद्यालयमा एक सय १२ जना विद्यार्थी छन् ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

शेरपुञ्जाले थप रु. १४ हजार मूल्य बराबरको शैक्षिक सामग्री पनि उपलब्ध गराउनुभएको विद्यालयका प्रअ रुपेश सुवेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को रु. ९७ लाख ५२ हजार पाँच सय ५९ दशमलब ९३ को आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

विद्यालयले गत आर्थिक वर्षमा रु. नौ लाख ५५ हजार आठ सय ९५ आन्तरिक आम्दानी गरेको छ । कार्यक्रममा चन्दादाता भबिन्द्र पुनका बाजेलाई सम्मान, उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

वडा अध्यक्ष देवेन्द्र रोका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्म पुन, शिक्षक अभिभावक संघका अध्यक्ष वुद्धीमान पुन र प्रअ रुपेश सुवेदीले सम्मान गर्नुभएको थियो । प्रत्येक शिक्षकलाई एक÷एक वटा ल्यापटप ब्याग वितरण गरिएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...