मालिकाको छापमा सामुदायिक भवन निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

छाप । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष डम्मर रसाइलीले बताउनुभयो ।

भोजतरेर र सामाजिक कार्यका लागि भवन सहयोगी बनेको छ । छापका करिब ५० घरपरिवार लाभान्वित भएका छन् । सभाहल सहितको भवन करिब एक सय जना क्षमताको छ । नयाँ भवनको परिसरमा रहेको पुरानो भवन भने मालिका गाउँपालिकाको रु. तीन लाख बजेटबाट मर्मत गरिएको छ ।

Shreekrishna

भवनको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका जुग्जालीले छापका बासिन्दाले भोट माग्ने क्रममा आफूहरुसँग राखेको सामुदायिक भवनको माग पुरा गर्ने प्रतिवद्धता कार्यान्वयन गरेको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उहाँले आफूहरुको पहलमा सुरु भएको छाप, ओखरबोट लगायत म्याग्दीका दुई हजार दुई सय घरमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । म्याग्दीमा देखिने र सर्वसाधारणले महशुस गर्ने गरेर विकासका गतिबिधी सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

मालिका गाउँकार्यपालिकाका प्रवत्ता तथा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष अनुप गौचन र कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले छापबासीको समस्या र आवश्यकता पुरा गर्न पहल तथा समन्वयलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । स्थानीयबासीहरुले भवनलाई घेराबार र छाप जोड्ने सडक मर्मत गरि यातायात सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...