नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउदै मुदीको वडा कार्यालय

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको वडा कार्यालयले टोलटोलमा पुगेर सेवा दिएर नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउने प्रयत्न गरेको छ ।

संसारको सातौ अग्लो धौलागिरि हिमाल रहेको यस वडाका छरिएका बस्तिहरुबाट वडा कार्यालय रहेको मुदी पुगेर सेवा लिन र घर फर्कन केही बस्तिका बासिन्दालाई दुई दिन समय लाग्छ ।
भौगोलिक रुपमा विकट बस्तिका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण नविकरण गर्न वडाका जनप्रतिनिधी र सचिव रोहन रावत टोलटोलमा पुग्नुभएको हो । खाम्ला, खिवाङ, नाउरा र बगर टोलमा पुगेर करिब दुई सय जना लाभग्राहीहरुको नामावली नविकरण गरेको वडा सचिव रावतले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

रावतको साथै वडा सदस्य रिम रोका लगायत जनप्रतिनिधीहरु पनि टोल टोलमा सेवा दिन खटिनुभएको छ । यस वर्षदेखि लाभग्राहीको वायोमेट्रिक लिनुपर्ने व्यवस्था भएकाले नविकरणका लागि सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक पर्छ ।

जेष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनिहरु बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरणको ब्यवस्था मिलाएपछि सहज भएको छ ।

जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा वडा कार्यालयसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै टोल टोलमा पुगेर सेवा दिएको वडा अध्यक्ष याम घर्तीले बताउनुभयो । यसअघि धवलागिरीका सात वटै वडाका जनप्रतिनिधी र कर्मचारीहरु काठमाडौ, पोखरा र बेनीमा पुगेर छ सय जना भन्दा बढीलाई घुम्ति सेवा दिनुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...