
बेनी । विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही व्यवस्थाहरुप्रति असहमति जनाउदै निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन म्याग्दीले सोमबार बेनीमा बस ¥याली गरेका छन् ।
कालो झण्डा र ब्यानर राखेको बस ¥याली गरेका निजी विद्यालय सञ्चालकहरुले विधेयकमा पूर्ण छात्रवृत्ति र निजी विद्यालयलाई गैरनाफामुलक बनाउने भन्ने शब्द हटाउन माग गरेका हुन् । प्रतिनिधीसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्चाउनपर्ने प्याब्सन म्याग्दीका उपाध्यक्ष दिपक सुवेदीले बताउनुभयो ।
सुवेदीको नेतृत्वमा प्याब्सन म्याग्दीका सल्लाहकार राजु केसी, कोषाध्यक्ष शैलेश श्रेष्ठ, सहसचिव सनम बानिया, सदस्य ईन्द्र बरुवाल सहित बेनी, गलेश्वर र सिंगामा रहेको निजी विद्यालयका सञ्चालक तथा प्रिन्सीपलहरु ¥यालीमा सहभागी भएका थिए ।

मंलाघाट, न्युरोड, शिक्षामार्ग, अस्पतालचोक, पिपलचोक, गणेशटोल, संगमचोक, बालमन्दिर चोक, बिरेन्द्रचोक परिक्रमा गरेर बेनी नगरपालिकाको कार्यालय अगाडी पुगेर बस ¥याली समापन गरिएको थियो ।

प्याबसन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आयोजनामा देशब्यापी रुपमा ¥याली निकालिएको हो । यसैगरी शिक्षा बिधेयकमा उल्लेखित केही ब्यवस्था विगतका सहमती विपरित भएको भन्दै शिक्षक महासंघको नेतृत्वमा सामुदायिक विद्यालयका शिक्षकहरुले पनि विभिन्न दवावमुलक कार्यक्रम गरिरहेका छन् ।
