
बेनी, १५ भदौ । बेनी नगरपालिका–४ सिंगामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले मानबहादुर कार्की (रमेश)को सभापतित्वमा वडा कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा उमेश के.सी., सचिवमा अजय खड्का, सदस्यहरुमा बिष्णु घले, सुकबहादुर गुरुङ, सन्तोष बानियाँ, टेकबहादुर बानिया, कुलबहादुर गुरुङ, रोशन क्षेत्री लगायत रहनुभएको रास्वपा म्याग्दीका सभापति युवराज रोकाले जानकारी दिनुभयो ।



अधिवेशनको प्रतिनिधीसभा सदस्य सन्तोष परियारले उद्घाटन गर्नुभएको थियो । रास्वपाका सचेतक समेत रहेका परियारले रास्वपाप्रति जनताको आकर्षण देखेर आत्तिएका नेपाली कााग्रेस र नेकपा एमालेले राजनीतिक पूर्वाग्रह साध्न सभापति रवी लामीछानेलाई हिरासतमा पु¥याएका बताउनुभयो ।
काँग्रेस, एमालेका सहकारी ठगहरुलाई उन्मुक्ती दिने तर सभापति लामिछानेलाई उत्तै प्रकृतिको मुद्दामा पूर्वाग्रह साध्ने काम गरेका परियारको भनाई थियो । अधिवेशन अघि रास्वपाका नेता कार्यकर्ताहरुले तातोपानी देखि सिंगासम्म मोटरसाइकल ¥याली गरेका थिए ।
