प्रक्रिया र कागजातमा सम्झौता हुदैन– प्रजिअ तिवारी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना


सलामी स्वागतको सामान्य प्रक्रीया भएको प्रतिक्रिया

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनी, । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले सेवा प्रवाहमा प्रक्रीया र कागजातमा सम्झौता नहुने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रीया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्भव नहुने बताउनुभयो ।
“कानुनले दिएको अधिकार प्रयोग गरेर सेवा प्रवाह गर्न कुनै कसुर बाँकी राख्दिन,” उहाँले भन्नुभयो “कागजात र प्रक्रीया पुगेर आएको कामका लागि कसैले भनसुन गर्नुपर्ने अवस्था हुदैन् ।”
स्थानीय तह र जिल्लाका अन्य सरकारी कार्यालयहरुसँग सेवाप्रवाहलाई सहज र सरल बनाउन समन्वय गर्ने प्रजिअ तिवारीले बताउनुभयो । विकास निर्माणका कामलाई गति दिन सहजीकरण तथा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सुरक्षा निकायको प्रभावकारी परिचालन गरिने बताउनुभयो ।
म्याग्दीको बारेमा सकारात्मक सन्देश रहेको र काम गर्न सजिलो हुने अपेक्षा सहित रोजेरै म्याग्दीमा सरुवा भएर आएको तिवारीको भनाई छ । पर्वतको मुडुकुवा घर भएका तिवारी यसअघि गृहमन्त्री रमेश लेखकको निजी सचिवको जिम्मेवारी हुनुहुन्थ्यो ।
प्रजिअ तिवारीलाई सबै पक्षलाई सन्तुलनमा राखेर विवादरहित दंगले जिम्मेवारी पुरा गर्ने चुनौति छ । हालै सरुवा भएर गृह मन्त्रालय जानुभएका उपसचिव गुरुदत्त ढकालको जस्तै ससम्मान बिदाई हुने वातावरण बनाउनुपर्ने अर्को चनौति तिवारीसामु छ ।
आफुलाई प्राप्त भएको जिम्मेवारीलाई कुशलतापुर्वक र सहज रुपमा ब्यवहारमा पुष्टि गर्ने प्रजिअ तिवारीले बताउनुभयो । कार्यालयमा हाजिर हुँदा सलामी ग्रहणका विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति पनि भेटघाटका क्रममा तिवारीले प्रतिक्रिया दिनुभयो ।
गृह मन्त्रालयको संस्कार र चलन अनुसार कार्यालयले गरेको स्वागतलाई सामान्य रुपमा लिन उहाँले आग्रह गर्नुभयो । कार्यालयको प्रवेशद्धारमा पिर्कामाथी चढेर सुरक्षाकर्मीले प्रजिअ तिवारीलाई दिएको सलामीका विषयमा सामाजिक सञ्जालमा कतिपयले नकारात्मक टिप्पणी गरेका छन भने केहीले सामान्य भएको प्रतिक्रीया जनाएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...