अनेमसंघको प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

पोखरा, । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ ।
अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । मालिका गाउँपालिकाको संस्थापक उपाध्यक्ष बिटालु यसअघिको कार्यसमितिको सचिव पदमा हुनुहुन्थ्यो ।
उपाध्यक्षमा पद्ममा गुरुङ, कमला मरासिनी, सचिवमा रमा त्रिपाठी, सहसचिवमा निर्मला वाग्ले, कोषाध्यक्षमा कृष्णमाया गुरुङ लगायत सदस्यहरु निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य समेत रहनुकी अध्यक्ष बिटालुले आफुलाई अध्यक्ष पदमा सर्वसम्मत गराउन सहयोग गर्ने ११ वटै जिल्लाका प्रतिनिधिहरु,नेता तथा कार्यकर्ताहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले अनेमसंघको नेतृत्वमा प्राप्त उपलब्धी र परिवर्तनलाई थप संस्थागत गर्दै संगठन र पार्टी थप बलियो बनाउन आफु सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...