स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन ः जलजला गण्डकीमा तेस्रो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पर्वत जिल्लामा जलजला गाउँपालिका पहिलो र गण्डकी प्रदेशमा तेस्रो भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ मा स्थानीय तहहरुले गरेको स्वमूल्यांकन प्रणाली (लिजा)को नतिजा शुक्रबार सार्वजनिक गरेको थियो ।

जलजला गाउँपालिका ८८ अंक सहित गण्डकी प्रदेशमा तेस्रो भएको गाउँपालिकाका अध्यक्ष राजुुप्रसाद आचार्यले बताउनुभयो । अघिल्लो वर्ष जलजला गाउँपालिकाले ८६ अंक ल्याएको थियो । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले ८८.७५ अंक सहित प्रथम र भिरकोट नगरपालिकाले ८८.२५ अंक सहित दोस्रो भएका छन् ।

Shreekrishna

आर्थिक वर्षभर पालिकाले सञ्चालन गरेका नीति तथा कार्यक्रम, गाउँसभाका निर्णय, कार्यपालिका बैठकका निर्णय, गाउँपालिकाको बजेट खर्च, कर्मचारीले सम्पादन गर्नुपर्ने क्रियाकलाप लगायतका कार्यको व्यवस्थित अभिलेख राखेका कारण यो नतिजा आएको जलजलाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

अध्यक्ष र उपाध्यक्ष आचार्यद्धयले प्राप्त नतिजाले उत्साहित बनाएको बताउदै आगामी दिनमा अझै राम्रो गर्ने प्रयासमा रहेको यसका लागि सबै जनप्रतिनिधी तथा कर्मचारी एवम् सरोकारवालाहरुबाट रचनात्मक सहयोगको अपेक्षा गर्नुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पर्वतमा कुश्मा नगरपालिकाले ६६.५, पैयु गाउँपालिकाले ७६, फलेवास नगरपालिकाले ६९, विहादी गाउँपालिकाले ६६.७५, महाशिलाले ७६.२५, मोदीले ७३.२५ अंक ल्याएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ८८.७५ अंक ल्याएर गण्डकी प्रदेशमा पहिलो बनेको छ ।

अघिल्लो वर्ष नवलपुरको गैडाकोट नगरपालिकासँग बराबर ८७ अंक ल्याएर गण्डकी प्रदेशमा पहिलो भएको बेनी नगरपालिकाले २०८०÷०८१ मा ८५ अंक प्राप्त गरेको हो । म्याग्दी जिल्लामा पहिलो भएपनि बेनी नगरपालिकाले प्रदेश स्तरमा अघिल्लो वर्षको स्थान गुमाएको छ ।
म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ८२, धवलागरीले ६४, मंगलाले ६९.७५, मालिकाले ६६ र रघुुगंगाले ७१.२५ अंक ल्याएका छन् । आर्थिक वर्ष २०७९÷८० मा अन्नपूूर्ण गाउँपालिकाले ७१, मालिकाले ६६.७५, रघुुगंगाले ६२.२५, धवलागिरीले ६२ र मंगलाले ६१.५० अंक प्राप्त गरेका थिए ।
म्याग्दीका पाँच वटै गाउँपालिकाले अघिल्लो वर्षको तुलनामा अंक बढाउँदा सदरमुकाममा रहेको बेनी नगरपालिकाको अंक घटेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार काठमाडौमा लिजाको नतिजा सार्वजनिक गर्नुका साथै उत्कृष्ट छ स्थानीय तहका जनप्रतिनिधीलाई सम्मान गरेको थियो ।

धादिङको निलकण्ठ नगरपालिका, वेनिघाट रोराङ गाउँपालिका, चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र अर्जुनचौपारी गाउँपालिका स्याङ्जाका अध्यक्ष तथा प्रमुखलाई सम्मान गरिएको हो ।
उत्कृष्ट हुने बेनीघाट रोराङ र रुरुक्षेत्रको अध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुन भने बाँकी चार वटा स्थानीय तहको प्रमुख नेपाली काँग्रेसबाट निर्वाचित हुन् । गण्डकीमा दोस्रो भएको जलजलाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुन् ्।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्र शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।

ती विषयगतक्षेत्र अन्तर्गत एक सय वटा वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अंक निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धीहरूका बारेका लेखाजोखा गरी सवल र दुर्बल पक्षको पहिचान, विकास र सुशासनमा देखिएका कमी कमजोरी स्वमूल्यांकन गर्ने गर्दछ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...