माउन्ट जिके ओलम्पियाड प्रतियोगितामा प्रकाश माविका प्रशिस रिजाल प्रथम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको बेनीमा अवस्थित माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मावि माउन्ट जिके ओलम्पियाड हाजिरीजवाफ प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका प्रशिस रिजाल प्रथम हुन सफल भएका छन् ।

जिके ओलम्पियाडका अन्तराष्ट्रिय नियम र मान्यताहरुलाई पछ्याउँदै आयोजना गरिएको उक्त जिल्लास्तरीय प्रतियोगितामा म्याग्दीका २२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बेनी स्थित लिटिल गार्डेन वोर्डिङ स्कुलका प्रशान्त सुवेदीले द्धितीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ भने तृतीय स्थान पनि प्रकाश मावि बेनीका अभिशेक केसीले प्राप्त गर्नुभएको आयोजक विद्यालय माउन्ट एभरेष्ट आमाविका कार्यक्रम संयोेजक सुरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

त्यसैगरी सान्त्वना स्थान लिटिल गार्डेनले नै प्राप्त गरेको छ । बेनीको मंगलाघाट स्थित जे वि स्टशनरी सह प्रायोजकरहेको उक्त कार्यक्रममा प्रथम,द्धितीय र तृतीय भएका विद्यार्थीहरुलाई प्रदेश र राष्ट्रिय स्तरीय ओलम्पियाडहरुमा सहभागि गराउन सकिने माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका प्राचार्य राजु केसीले बताउनुभयो ।

Shreekrishna

कार्यक्रममा प्रथम,द्धितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद रु पाँच हजार, तीन हजार,दुईहजार र एकहजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले अलग शैलिमा आयोजित यो प्रतियोगिता विद्यार्थीहरुको प्रतिभा पहिचान र उनीहरुको क्षमता मापनका लागि सहयोगि हुने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी म्याग्दीका कोषाध्यक्ष नवराज पौडेलले सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...