म्याग्दीका प्रजिअ ढकालको गृहमा सरुवा, गृहमन्त्रीका निजी सचिव तिवारी म्याग्दीमा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले म्याग्दी सहित देशका विभिन्न जिल्लाका प्रमुख जिल्लाहरुको सरुवा गरेको हो ।

प्रजिअ ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ भने गृहमन्त्री रमेश लेखकको निजी सचिव रहनुभएका बद्री तिवारीलाई म्याग्दीमा सरुवा गरिएको हो । उपसचिव ढकालको म्याग्दीको ११ महिनाको कार्यकाल बिवाद रहित बनेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

राष्ट्रिय परिचयपत्र वडामै पुगेर वितरण गर्ने र कार्यालयको सेवा प्रवाहलाई सरलीकरण तथा सहजिकरणमा प्रजिअ ढकालले रचनात्मक तथा सिर्जनशिल कार्य गरेको सेवाग्राहीको अनुभव छ । यसैगरी शान्ति सुरक्षा कायम गराउन र विकास निर्माणसँग सम्बन्धीत विषयमा ढकालले सहजिकरण र समन्वयको सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ ।

Shreekrishna

ढकालको कार्यकालमा गृह मन्त्रालयले गर्ने कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अवस्था सुधार भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिकको कार्यसम्पादन मुल्याङ्कन नतिजामा म्याग्दी देशभरमा १० औ नम्बरमा परेको हो ।
आर्थिक वर्षको पहिलो चौमासिकमा ५५ औ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दी दोस्रो चौमासिकमा २३ औ स्थानमा परेको थियो । तेस्रो चौमासिकको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दी प्रशासनले १७ दशमलब आठ सय ७५ अंक प्राप्त गरेको छ ।

७७ वटा जिल्ला प्रशासन कार्यालयमा दशौ स्थानमा रहेको म्याग्दी उपसचिवले नेतृत्व गरेको प्रशासनमा दोस्रो स्थानमा थियो । गृह मन्त्रालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, गुनासो व्यवस्थापन, सेवा प्रवाह, लागु औषध नियन्त्रण लगायतका सूचकको आधारमा मातहतका निकायहरुको प्रत्येक तीन÷तीन महिनामा कार्यसम्पादन मूल्याङ्कन गर्छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...