पुर्वजनमुक्ती सेनाको उपचारका लागि माओवादी केन्द्रको सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीका एक जना पुर्वजनमुक्ती सेनाको उपचारका लागि नेकपा (माओवादी केन्द्र)ले आर्थिक सहयोग गरेको छ ।

रघुगङ्गा गाउँपालिका–१ बेगका खुमबहादुर बिकको उपचारका लागि माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको अगुवाईमा रु. दुई लाख २१ हजार नौ सय जुटाएर सहयोग गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

उक्त रकम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौ स्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्रमा पुगेर बिकलाई हस्तान्तरण गर्नुभएको माओवादी केन्द्रका नेता अर्जुन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादी पार्टीको पहलमा खुमबहादुरले उपचारका लागि रु. चार लाख छुट पाउनुभएको छ ।

Shreekrishna

माओवादीको नेतृत्वमा सञ्चालन भएको दश वर्षे जनयुद्धमा जनमुक्ती सेना रहेका खुमबहादुरले करिब चार वर्ष केन्द्रमा उपचार गर्नुभएको हो । उहाँ घर फर्कने तयारीमा हुनुहन्छ । मानसिक समस्या देखिएका बिकको उपचारमा आर्थिक अभाव भएपछि माओवादीका नेता कार्यकर्ता तथा पुर्व जनमुक्ति सेनाहरुले सहयोग जुटाएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...