सहरमा बस्ने मालिकाबासिलाई घुम्ति शिविर मार्फत सेवा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौ र पोखरामा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ति शिविर मार्फत सेवा उपलब्ध गराएको छ ।
काठमाडौमा साउन २७, २८ र २९ गते तथा पोखराको नदीपुरमा शनिबार घुम्ति शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नामावली नविकरण गरेको हो । पोखराको शिविरमा एक सय २८ जना लाभग्राहीको नविकरण र दुई जनाको नयाँ दर्ता भएको मालिका गाउँपालिकाको पञ्जिकरण शाखाको एम.आई.एस. अपरेटेर लालकुमारी रोका (सपना)ले जानकारी दिनुभयो । काठमाडौमा ७५ जनालाई सेवा दिइएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना


गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नेतृत्वमा अपरेटर रोका, अध्यक्षका स्वकीय सचिव मिम गर्बुजाको टोलीले सेवा दिनुभएको थियो । जेष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनिहरु बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको गाउँपालिकाका गर्बुजाले बताउनुभयो ।

Shreekrishna

गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेका हुन् । यसअघि धवलागिरी गाउँपालिकाले काठमाडौ, पोखरा र बेनीमा घुम्ति शिविर मार्फत बजारमा बस्ने छ सय २३ जना लाभग्राहीहरुलाई सेवा दिएको थियो ।

गत आर्थिक वर्षमा मालिकाका तीन हजार एक सय ४५ जनालाई रु. ११ करोड २४ लाख ८१ हजार दुई सय ७६ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा मालिकामा आठ परिवार बसाई गरेर आउँदा ३९ परिवार गएका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...