
बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
दरवाङ देखि रुन्मातर्फ जादै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडक देखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
दुर्घटनामा परि मालिका गाउँपालिका–५ की ४३ वर्षीया खनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
जिपका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन् । घाइतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भैरहेको छ ।
उनिहरुको अवस्था सामान्य छ । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा सुरक्षाकर्मी टोली घटनास्थल पुगेर उद्दार गर्नुका साथै अनुन्धान थालेको छ ।
