
बेनी, । नेपाली गीति परम्परामा तिज गीतको बेग्लै महत्व छ । तिजका बेला माइतीमा भेला भएका महिलाले चोक, चौतारी, देउराली हुँदै घरआँगनमा नाचगान गर्दै तिज गीत गाउने परम्परा हाम्रो हो तथापि तिज गायनमा व्यावसायिक सङ्गीतको प्रवेश भएपछि तिज गीतमा समेत परिवर्तन देखा पर्न थाल्यो ।
रेडियो, क्यासेट प्लेयर, टेलिभिजन हुँदै अहिले युट्युब च्यानल, फेसबुक पेज, टिकटक र रिल्सबाट दर्शक÷श्रोतासम्म तिज गीत पुग्न थालेको छ । विश्वव्यापी युट्युब सञ्जालमा तिज आउनु एक महिनाअघि नै अनेक रङ्गढङ्गका गीत ‘अपलोड’ गरिएका छन् । तिनै गीत अहिले चोक, चौतारी र घरआँगनमा घन्किन थालिसकेका छन् ।
दर्शक तान्ने र ‘ट्रेन्डिङ’ मा पार्ने होडबाजीमा ‘दर्शक÷श्रोताकै रुचि अनुसार’ भन्दै द्विअर्थी शब्द प्रयोग र वयस्कले मात्र हेर्न मिल्ने खालका दृश्य राखेर तिज गीत भिडियो बनाउने क्रम बढीरहेको अवस्थामा केही कलाकारहरुले भने मौलिकता झल्कने र महिलाका वेदना बोल्ने गितका गित ल्याएका छन् ।
मौलिक भाका, लय र शिष्ट तथा मर्यादीत भाषाका गितहरुले पनि चर्चा पाउछन भन्ने सन्देश ती गितहरुले दिएका छन् । म्याग्देली कलाकार निशा केसीको स्वर रहेको ‘चोली फाटेको’, ‘पिआरवाला ज्वाई’ र ‘टुहुरीको चित्कार’ गितले पनि राम्रो भ्युज पाएको छ ।
https://www.youtube.com/watch?v=VbY95tGF0J4&list=RDVbY95tGF0J4&start_radio=1
यामप्रसाद निउरेले तयार पारेको, शिव हमालले रचना गरेको, निशाको स्वर, अञ्जली अधिकारी र जोन बमको अभिनय रहेको चोली फाटेको तिज गितको म्युजिक भिडियोले २० दिनको अवधीमा युट्युमा करिब आठ लाख भ्युज पाएको छ । यो गितले घरेलु हिंसाबाट पिडित महिलाको वेदनालाई उजागर गरेको छ ।
https://www.youtube.com/watch?v=lCSAIUSX5JY&list=RDlCSAIUSX5JY&start_radio=1
निशाकै स्वर रहेको तिज गित ‘पिआरवाला ज्वाईले’ दुखे बच्चा छाडेर विदेशिन बाध्य महिलाको पिडा व्यक्त गरेको छ । निशाको साथमा शिव अखेली, तारानाथ आचार्य, जुनु गुरुङले तयार पारेको यो गितले १३ दिनमा आठ लाख ४१ हजार भन्दा बढी भ्युज पाएको छ ।


https://www.youtube.com/watch?v=yj4NkqL_ghU
यसैगरी रेशम सापकोटा र निशा केसीको टुहुरी–२ गितले सानैमा अभिभावक गुमाएकाले जिवनमा भोग्नु परेको दुःख र पिडालाई उजागर गरेको छ । तिजको छेको पारेर कुमार केसी, निशा केसी र सदिक्षा रोकाले लोक भजन शंकर भोले नाच पनि सार्वजनिक गर्नुभएको छ । अस्ट्रेलीयामा रहनुभएकी निशा प्रवासमा रहेर पनि गित संगितको क्षेत्रमा निरन्तर क्रियाशिल हुनुहुन्छ ।
https://www.youtube.com/watch?v=YWhnW9abUAk
सामाजिक मर्यादा र मान्यतालाई संरक्षण तथा मौलिकताको प्रर्वद्धन गर्ने किसिमका तिज गीत गाउने कलाकारलाई प्रोत्साहन गर्न आवश्यक छ । क्षणिक र सस्तो लोकप्रियता मात्र होइन सांस्कृतिक रुपमा दिर्घकालिन प्रभाव छोड्ने गित बनाउन आवश्यक छ ।

