गलेश्वरमा साउनमा रु. १६ लाख ७४ हजार भेटि संकलन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा यस वर्षको साउन महिनाको सोमबार लागेको मेलामा रु. १६ लाख भन्दा बढी भेटि संकलन भएको छ ।
यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका थिए । सबै सोमबारका दिन गलेश्वर पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. १६ लाख ७४ हजार नौ सय ४४ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पहिलो सोमबार रु. तीन लाख ९४ हजार आठ सय २७, दोस्रो सोमबार रु. तीन लाख ६४ हजार एक सय ३९, तेस्रो सोमबार रु. चार लाख ३८ हजार दुई सय ८५ र चौथो सोमबार रु. चार लाख ७७ हजार छ सय ९३ भेटि संकलन भएको हो ।
गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ ।

हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गलेश्वर दर्शन र पुजाआजा गरेमा मनोकाक्षा हुुने धार्मिक विश्वास छ । आर्थिक वर्ष २०८१÷८२ मा गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ७३ लाख १५ हजार नौ सय २७ भेटि चढाएका कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल रु. ५८ लाख ४० हजार पाँच सय १० भेटी संकलन भएको थियो । मन्दिरको आम्दानी कार्यालय, पुजा व्यवस्थापन, मन्दिरका पुुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...