
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानको नवौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार भएको अधिवेशनबाट सन् २०२५–२०२७ को कार्यसमितिको लागि गणेश श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा टिका छन्त्याल, उपाध्यक्षमा प्रकाश तुलाचन, महेन्द्र चोखाल, सागर कार्की, हिरा बुढाथोकी, पवित्रा पुन, धनमाया पुर्जा, रेखा केसी र क्षेत्रीय उपाध्यक्षमा उज्ववल बानिया चयन हुनुभएको ।
महासचिवमा सुरेश पुन, सचिवमा गणेश बानिया, क्षेत्रीय सचिवमा सुरेन्द्र लामगाडे, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा दिपक सुवेदी, महिला संयोजकमा उषा हमाल, सांस्कृतिक संयोजकमा अविसरा पुर्जा र युवा संयोजकमा गणेश छन्त्याल रहनुभएको छ ।
सदस्यहरुमा विवेक खड्का, गणेश गिरी, प्रविन केसी, इश्वर सुवेदी, नवराज भण्डारी, नविन खत्री, सम्झना खड्का, गोकुल कार्की, सिजन शाही, भगवति क्षेत्री, राजेन्द्र छन्त्याल र विनोद रेग्मी चयन हुनुभएको निवर्तमान अध्यक्ष बिसाल केसीले बताउनुभयो ।
मोनाका अन्तराष्ट्रिय कार्यसमितिका अध्यक्ष दधिवल खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । सन २०२३–२०२५ को कार्यसमितिका अध्यक्ष केसीले आफ्नो नेतृत्वको कार्यसमितिका हरेक गतिबिधिमा साथ दिने र सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
