
बेनी, । हरितालिका तिज पर्वको अवसरमा आगामी भदौ ७ गते भर्चुअल माध्यमबाट म्याग्दी जिल्ला स्तरीय लोक संस्कृतिमा आधारित खुल्ला टिकटक लाइभ नृत्य प्रतियोगिता हुने भएको छ ।
सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा हुने प्रतियोगितामा सहभागीहरुको नृत्य सामाजिक सञ्जाल टिकटकमा प्रत्यक्ष अवलोकन गर्न सकिने छ । संस्थाका सचिव माधव सुवेदीले प्रतियोगितामा भाग लिन इच्छुक कलाकारहरुले आगामी भदौ ५ गतेभित्र सामाजिक सञ्जालमा म्योसज, ९८४७६४२४६५ र ९८६७७०८५१३ मा सम्पर्क गरेर नाम दर्ता गर्न सक्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम, दृतीय र तृतीयलाई क्रमश रु. १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष भरत जिसीले बताउनुभयो । विदेशमा रहेका म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका जिसी, सुवेदी लगायतको अगुवाईमा स्थापना भएको संस्थाले विपन्न, दुखी, गरिब र असहाय व्यक्ति तथा बालबालिकाहरुको क्षेत्रमा सहयोग गर्दै आएको छ ।
तिज पर्वको अवसरमा मौलिक लोक संस्कृतिको प्रर्वद्धन, कलाकारहरुको प्रर्वद्धन र प्रोत्साहनका लागि नृत्य प्रतियोगिता आयोजना गरेको अध्यक्ष जिसीले बताउनुभयो । उहाँले प्रतियोगितामा मौलिक र तिजको वास्तविकतामा आधारित नृत्यलाई प्राथमिकता दिइने बताउनुभयो ।

