पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बिशाल दर्जीले बिहान छ बजेदेखि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको डोजर परिचालन भएको बताउनुभयो । निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकुल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरु प्रभावित भएका छन् ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतको टोलीले पहिरोको अनुगमन गरेर सडक खुुलाउन समन्वय गर्नुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...