रघुगङ्गाको मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाका तीन वटा वडालाई पालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनीसँग जोड्ने मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध भएको छ ।
रघुगङ्गा गाउँपालिका–४ दग्नामको दवाङ भिर नजिकै करिब ३० मिटर सडक भासिएपछि वडा नं–४को दग्नाम, दर्मीजा, ७ को चिमखोला र ८ कुइनेमंगलेकाको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले पहाड भत्किएर सडक भासिएको ठाउँमा जोखिम मोलेर पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
“एक हजार भन्दा बढी घरपरिवार बासिन्दाका साथै राहुघाट वेसिनमा निर्माणाधिन चार वटा जलविद्युत आयोजना प्रभावित भएका छन,” उहाँले भन्नुभयो “मङ्गलवार रातीदेखि अवरुद्ध सडकको नयाँ ट्याक खोलेर यातायात सञ्चालनका लागि शुक्रबारदेखिनै डोजर परिचालन हुन्छ ।” हालै ढलान गरिएको सडक पनि भत्किएर क्षति भएको छ ।
उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष भण्डारी, सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय पोखराका प्रमुख विदुरमान श्रेष्ठ र राहुघाट वेसिनमा निर्माणाधिन चार वटा जलविद्युत आयोजनाका प्रर्वधक कम्पनीका प्रतिनिधी र प्राबिधिकहरुको टोलीले बिहिबार पहिरोले क्षति पु¥याएको सडक निरिक्षण गर्नुभएको थियो ।
चिमखोला–मंगले–राहुघाट, अपर राहुघाट, ठूलोखोला र अपर ठूलोखोला जलविद्युत आयोजना र रघुगङ्गा गाउँपालिकाको साझेदारीमा नयाँ मार्ग खोलेर सडकमा यातायात सञ्चालनको तयारी गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...