“धवलागिरीको इच्छा, गरिखाने शिक्षा”, मुनामा धवलागिरी माविको तरकारी खेती

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

मुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको धवलागिरी माविका शिक्षक र विद्यार्थीहरुले तरकारी खेती गरेका छन् ।

मुनामा वार्षिक रु. पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुई वटा पलास्टिक टनेलमा गोलभेडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिनुभयो ।

“गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकहरुले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौ,” उहाँले भन्नुभयो “बाँकी एक रोपनी जमिनमा प्याजको बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

विद्यार्थीहरुलाई तरकारी खेती सम्बन्धी व्यवहारिक र व्यवसायिक ज्ञान, सिप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारी खेती थालिएको प्रअ सुवेदीले बताउनुभयो । उक्त विद्यालयले दिवा खाजा कार्यक्रमका लागि स्थानीय खाद्यबालीको प्रयोग गरेको छ । आलु, मकै, भटमास, केराउ, कोदो, गहुँ, सिमी, डौडे, निउरोको परिकार बनाएर विद्यार्थीलाई दिने गरिएको छ । जंक फुड निषेध गरिएको छ ।

तरकारी खेतीका लागि धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को ‘धवलागिरीको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रम मार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु. एक लाख ५० हजारबाट मल, विउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने सिप सिकाउने उद्देश्यले हेम नमुना आवासीय मावि र धवलागिरी माध्यमिक विद्यालयमा “धवलागिरीको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

हेम नमुना आवासीय माविको झिनडाडा स्थित छात्रावासमा बस्ने ५० जना विद्यार्थीहरुले छ रोपनी पाखोको झाडी फाडेर तरकारी खेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु. तीन लाख बजेट बिनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...