धवलागिरीको लमसुङ र नेरवाङमा दुई घर भत्किए

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् ।
धवलागिरी गाउँपालिका–२ लमसुङ र वडा नं.–४ को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार स्थानीय जमलाल विकको ढुङ्गा माटेले बनेको दुई तले घरको छानो खसेको हो ।
७१ वर्षीय जमलाल र उहाँकी श्रीमती छिमेकीकहाँ बसोबासको ब्यवस्था मिलाइएको प्रअ बिकले बताउनुभयो । यसैगरी नेरवाङका नरबहादुर घर्तीको ढुङ्गा माटोले बनेको एक तले घरको छानो खसेर भत्किएको छ ।
घर भत्किएपछि नरबहादुरका चार जनाको परिवारलाई छिमेकीकहाँ बसोबासको व्यवस्था मिलाएको नेरवाङ आधारभूत विद्यालयका प्रअ इन्द्र पुनले बताउनुभयो । शनिबार साँझ देखिको निरन्तरको झरीका कारण अर्चे देखि नेरवाङ जोड्ने पदमार्ग पहिरोले बगाएकाले विद्यार्थीहरुलाई विद्यालय जान आउन समस्या भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...