म्याग्दी उद्योग वाणिज्य संघले ५५ औ स्थापना दिवस मनायो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघले शनिबार ५५ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविको बालकक्षालाई कार्पेट, खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको छ ।

रु. २५ हजार मूल्य बराबरको सामग्री संघका अध्यक्ष सुविन श्रेष्ठ, पुर्व अध्यक्षहरु बेलबहादुर कटुवाल, उत्तम कर्माचार्य, जिवनबहादुर विश्वकर्मा, कुविर श्रेष्ठ र सुर्दशनकुमार श्रेष्ठले बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीलाई हस्तान्तरण गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसैगरी कालीपुलमा संघले स्थापना गरेको स्तम्भमा फुलका बिरुवा रोपिएको थियो । संघका सचिव मोतिलाल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले मन्तब्य र बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले समापन गर्नुभएको थियो ।

Shreekrishna

वि.स. २०२७ मा स्थापना भएको म्याग्दी उद्योग वाणिज्य संघ निजी क्षेत्रको छाता संगठनको साथै अगुवा सामाजिक संस्थाको रुपमा रहेको छ । धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा संघको इकाई छन् । संघमा दुई हजार पाँच सयको हाराहारीमा साधारण सदस्य रहेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...