बेनीको मंगलाघाटबाट एक व्यक्ति वेपत्ता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटका एक पुरुष शुक्रबार साँझ देखि वेपत्ता भएका छन् ।
बेनी नगरपालिका–७ मंगलाघाट बस्ने वर्ष ४५ का ताराबहादुर पाइजा वेपत्ता भएका हुन् । साँझ ५ बजेको समयमा मंगलाघाटबाट हराएका पाइजा हालसम्म नभेटिएको आफन्तले बताएका छन् ।
आफन्तहरुकहाँ खोजी गर्दा समेट नभेटिएपछि श्रीमति देवकुमारी पाइजाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले ताराबहादुरको खोजी गरिरहेको छ । गहुँगोरो वर्ण, थेप्चो नाक र पालतो शशिर भएका ताराले निलो टिसर्ट र कालो जांगे लगाएका छन् ।
उनलाई देख्ने तथा भेट्नेले नजिकैको प्रहरी चौकी अथवा ९८४७६४२२२६ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...