रघुगङ्गाका पाँच वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

मदर्स लभ एजुकेशन कन्सल्टेन्सीको पहिलो वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । हिमालय आधारभूत विद्यालय कलेजावाङमा ५ जना विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरिएको संस्थाका सञ्चालक रेशम कटुवालले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

ज्ञानोदय मावि मौवाफाँटमा ५ जना, मुक्तिधाम मावि भगवतिका १३ जना, रघुगंगा मावि पिप्लेका पाँच जना र मालिका देवि आधारभूत विद्यालय पिप्लेका पाँच जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको कटुवालले बताउनुभयो ।

Shreekrishna

मदर्स लभ एजुकेशनल कन्सलटेन्सीले जापान, युके, अस्ट्रेलीया र डेन्मार्क, फिनल्याड लगायतका युरोपीयन देशहरुको लागि समेत शैक्षिक परामर्श गर्दै आइरहेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...