अकवरे खेती गरेका बनौका निर्मललाई बजारको चिन्ता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बनौ । पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुनले विदेशबाट फर्किएर ब्यवसायिक खुर्सानी खेती शुरु गर्नुभएको छ ।

रोजगारीका लागि करिब दश वर्ष साउदी, ओमान र कतारमा करिब दश वर्ष बिताएका ४४ वर्षीय निर्मलले सुन्तलाको बगैचाभित्र अन्तरेबालीको रुपमा अकवरे जातको खुर्सानी खेती गर्नुभएको हो ।

विदेशमा सोचेजस्तो आम्दानी नभएपछि जन्मथलो फर्किएका निर्मलले निकिता एकिकृत कृषि तथा पशुपंक्षी फर्म खोलेर सुन्तला, खुर्सानीका साथै व्यवसायिक तरकारीखेती र कुखुरापालन गर्नुभएको छ ।

Shreekrishna

छ सय बोट सुन्तलाको बगैचा रहेको छ । हुर्कदै गरेको सुन्तला बगैचाको खाली जमिन सदुपयोग गर्न उहाँले अन्तरेबालीको रुपमा यसपाली छ रोपनीमा अकवरे खुर्सानी खेती गर्नुभएको हो ।
खुर्सानीको बोट भन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन पलास्टिकले छोपेर मल्चिङ गर्नुभएको छ । मल्चिङ बिधीबाट खेती गर्दा झार नपलाउने र बिरुवाले चाहिने जति विभिन्न तत्वहरु ज्मिनबाट पाउने हुन्छ । मल्चिङ गर्दा बिरुवा छिटो हुर्कने, छिटो र गुणस्तरीय फल लाग्ने गर्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गत वर्ष परिक्षणका लागि लगाएको ९० बोट खुर्सानीबाट रु. ३० हजार आम्दानी भएको थियो । समुन्द्रि सतहदेखि करिब एक हजार सात सय मिटर उचाइको बनौमा खुर्सानी खेतीको परिक्षण सफल भएपछि आफै विउ उत्पादन गरेर व्यवसाय शुरु गरेको पुनले बताउनुभयो । १२ हजार खुर्सानीको बिरुवा रोपेका निर्मलको फर्ममा उत्पादन भएको अकवरे कुश्मा, बेनी र बागलुङमा प्रतिकिलो रु. तीन सयका दरले बिक्री हुन थालेको छ ।

हालसम्म दुई सय किलोग्राम खुर्सानी बिक्री भइसकेको छ । तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ । ठूलो परिणाममा उत्पादन हुने भएकाले उहाँले अचार खपतका लागि अचार उद्योगको खोजीमा हुनुहुन्छ ।

निर्मललाई खुर्सानी खेतीमा श्रीमति मायाले साथ दिनुभएको छ । उनिहरु खुर्सानीबारी र सुन्तला बगैचाको स्याहारसुसारमा दैनिकजसो ब्यस्त छन् । विदेशमा कडा मेहनत र श्रम गरेपनि राम्रो आम्दानी गर्न नसकेपछि परिवारसँगै घरमा बसेर कृषि ब्यवसाय रोजेको र सफलता मिलेको पुनले बताउनुभयो ।

पुनलाई जलजला गाउँपालिकाले मिनिटेलर हलो, मल्चिङका साथै खुर्सानीमा लागेको रोग नियन्त्रणमा सहयोग गरेको जलजला–९ का वडा अध्यक्ष गौ बहादुर पुनले बताउनुभयो । बनौ गाउँसम्म सडक यातायातको सुविधा पुगेकाले ढुवानीमा सहज भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...