अर्मनका इश्वरका परिवारलाई लायन्स क्लवको सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। रोजगारीको क्रममा विदेशमा रहेको अवस्थामा दिवंगत हुनुभएका म्याग्दीको मंगला गाउँपालिका –५ अर्मन नेटाका इश्वर विकको परिवारलाई लायन्स क्लवले सहयोग गरेका छन् ।
लायन्स क्लव अफ म्याग्दी दरवाङ र काठमाडौ निलगिरीको संयुक्त आयोजनामा इश्वरको घरमा पुगेर परिवारका सदस्यलाई रु. १५ हजार हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष करन कडेल, जोन चियर पर्सन सन्तनाथ सुवेदी, पुर्व अध्यक्ष थमन गौतम, सचिव श्याम सुन्दर कडेल, दिनेश ढकालको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

क्लवले यसअघि मालिका गाउँपालिका–३ लुम्सीपारमा पहिरोमा परि दिवंगत भएका बुवा र छोराका परिवारलाई पनि खाद्यान्न सहयोग गरेको थियो । यसैगरी मंगला गाउँपालिका –५ कैलाश फाँटमा वृक्षारोपण गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...