घोप्टेभिरमा पहिरो खस्दा बेनी जोमसोम सडक अवरुद्ध

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आइतबार बिहानदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिहान करिब सात बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको डोजर परिचालन भएको सिमा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरिक्षक तेजबहादुर कुमालले बताउनुभयो ।

Shreekrishna

सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकुल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयबासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकहरु प्रभावित भएका छन् ।

मुस्ताङ तर्फ जानेहरु म्याग्दीको काभ्रे र मुस्ताङ हुदै म्याग्दीतर्फ आउनेहरु घाँसामा रोकिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...