गलेश्वरमा भेटि बढ्यो, एक वर्षमा रु. ७३ लाख संकलन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु. ७३ लाख भन्दा बढी भेटि संकलन भएको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ७३ लाख १५ हजार नौ सय २७ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटि पनि बढेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल रु. ५८ लाख ४० हजार पाँच सय १० भेटी संकलन भएको थियो । ०८१÷०८२ मा नियमित रु. ४७ लाख १० हजार दुई सय ९० र मेलापर्वमा रु. २६ लाख पाँच हजार छ सय ३७ भेटि संकलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

Shreekrishna

भेटि सहित विभिन्न शिर्षकमा बैंक ब्याज बाहेक गत वर्षमा रु. ९४ लाख १५ हजार १७ आम्दानी भएको उहाँले बताउनुभयो । यज्ञ दर्ताबाट रु. चार लाख ७३ हजार पाँच सय २७, यात्री निवास भाडा रु. सात लाख १९ हजार सात सय १४, सहयोग रु. तीन लाख ५९ हजार ७९ र स्टल भाडा वापत रु. पाँच लाख ४६ हजार सात सय ७० आम्दानी भएको छ ।
गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधीमा १० हजार जना तिर्थयात्रीहरुले सहुलियतमा आवास सुविधा पाएका छन् । मन्दिरको आम्दानी कार्यालय, पुजा व्यवस्थापन, मन्दिरका पुुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । मन्दिरको आम्दानीबाट गत वर्ष जेष्ठ नागरिक आश्रममा रु. १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा रु. छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन रु. एक लाख सहयोग गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ ।

हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पुजाआजा गरेमा मनोकाक्षा हुुने धार्मिक विश्वास छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...