म्याग्दीमा आलु उत्पादन बढ्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः म्याग्दीमा यस वर्ष आलु बालीको उत्पादन बढेको छ ।

एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलब पाँच मेट्रिक्टनका दरले ३५ हजार मेट्रिक्टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा नौ प्रतिशतले आलु उत्पादन बढेको हो ।

क्षेत्रफल विस्तार, अनुकुल मौसम, रोग र किराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ म एक हजार सात सय ५० हेक्टरमा जिल्लामा ३१ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन भएको थियो ।

Shreekrishna

केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक रु. १० करोड मूल्य बराबरको आलु पोखरा, काठमाडौ लगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी रु. ४० देखि ४५ का दरले बारीबाटै आलुको ब्यापार भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नियमित बर्षा भएकाले सिचाई, मौसम अनुकुल र रोगकिरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धीबिर पुनले बताउनुभयो । उहाँका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिकमात्रामा माग आउने गरेको छ ।

default

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो ।

गत वर्षमा एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवद्र्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक्टन उत्पादन भएको केन्द्रका प्रमुख बास्तोलाले बताउनुभयो । कार्यक्रम मार्फत तीन वटा सहकारी र २७ समूहलाई विउ, यान्त्रिकरण, सिचाई पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि रु. ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले म्याग्दीमा आलु जोन कार्यक्रम मार्फत अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नम्बर ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...