गलेश्वरमा साउनको पहिलो सोमबार करिब चार लाख भेटि संकलन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यस वर्षको साउन महिनाको पहिलो सोमबार एकै दिन करिब रु. चार लाख भेटि संकलन भएको छ ।

सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी मंगलबार बिहान गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले यस वर्षको साउनको पहिलो सोमबार रु. तीन लाख ९४ हजार आठ सय २७ भेटि संकलन भएको जानकारी दिनुभयो ।

कोषका पदाधीकारी, जनप्रतिनिधी, सुरक्षाकर्मी र स्थानीयबासीहरुको उपस्थितिमा गनिएको भेटि बैंकमा जम्मा गर्न पठाएको उहाँले बताउनुभयो । गलेश्वरमा मेलापर्वको भोलीपल्ट र अन्य समयमा मासिक रुपमा भेटि गनेर सार्वजनिक गरिदै आएको छ ।

Shreekrishna

कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको सोमबारका दिन विशेष पुजाआजा हुने गर्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पश्चिमको पशुपतिनाथ र हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा परिचित गलेश्वरमा साउन महिनाको सोमबार ब्रत बसेर पुजाआजा र दर्शन गर्नाले शौभाग्य, दिर्घायु, पारिवारिक सुख र मनोकाक्षा पुरा हुने धार्मिक विश्वास छ ।

हिन्दुधर्मग्रन्थ श्रीस्वस्थानी ब्रतकथाको पात्र सतिदेवीको गला पतन भएकाले यो ठाउँको नाम गलेश्वर रहन गएको किम्बदन्ती छ । यहाँ शिव, राधाकृष्णको मन्दिरका साथै एक सय आठ शिवलिङ्ग र कालीगण्डकीको पानीले धारामा स्नान गर्ने सुविधा रहेको छ ।

पुजाआजाका लागि म्याग्दी, पर्वत, बागलुङका साथै देशभरबाट भक्तजनहरु आउने गरेका छन् । सडक स्तरोन्नति र यातायात सुविधाको सहजता एवम् प्रचारप्रसारसँगै गलेश्वरमा भक्तजनको आगमन बढेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

साउन महिनाको धार्मिक मेलालाई ब्यवस्थित बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेर परिचनालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको चहलपहलसँगै गलेश्वर बजारको ब्यापार ब्यवसाय वृद्धि भएको छ ।

नेपाली सेनाको अर्थुङ्गे ब्यारेकका सुरक्षाकर्मीहरुले मंगलबार बिहान गलेश्वर मन्दिर परिसरको सरसफाई गरेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...