बेनी–अर्थुङ्गे–पुलाचौर सडक ः बेनी–पुरुण्डी खण्ड पक्की बन्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजना अन्तर्गत बेनी देखि अर्थुङ्गे हुदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ ।

यो सडकले बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तिहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ । बेनी देखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट– एकपाटे– अवेचौर हुदै पुरुण्डी सम्म छ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

“बेनी देखि अर्थुङ्गे हुदै पुलाचौर जोड्ने सडक योजना बेनी नगरपालिकाको प्राथमिकताप्राप्त क्रमागत योजना हो,” उहाँले भन्नुभयो “यस योजनालाई हरेक वर्ष निरन्तरता दिएर हाम्रो कार्यकालमा अर्थुङ्गेदेखि पुलाचौरतर्फ स्तरोन्नति गरिरहेका छौ ।”

Shreekrishna

बाँसबोट, एकपाटे, पुरुण्डी क्षेत्रको विभिन्न ठाउँमा प्रदेश सरकार मार्फत पूर्वाधार विकास कार्यालयले पनि ढलान गरेर सडक स्तरोन्नति गरेको थियो । बेनी–अर्थुङ्ग खण्डमा नगरपालिकाले स्तरोन्नति गरेको छ ।

पुरुण्डी देखि पुलाचौतर्फको सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८२÷०८३ मा लागि रु. एक करोड ६२ लाख ५० हजार बिनियोजन भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । यस वर्ष थप दुई किलोमिटर स्तरोन्नति गर्ने नगरपालिकाको लक्ष्य छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनी–अर्थुङ्गे पुलाचौर सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा दुई वटा योजना सञ्चालन गरेको थियो । गतवर्षसम्म बेनी देखि अर्थुङ्गे हुदै बेनी नगरपालिका–६ बाँसबोट सम्म ढलान र कालोपत्र भएको थियो ।

रु. ६२ लाख ६७ हजार आठ सय ३८ मा ठेक्का सम्झौता भएको योजना मार्फत एकपाटे र अवेचौर क्षेत्रमा चार सय २६ मिटर प्रिमिक्स कालोपत्र, एक सय ३० मिटर ढलान र एक सय ९० मिटर पक्की नालि निर्माण भएको बेनी नगरपालिकाका प्राविधिक मिलन केसीले बताउनुभयो ।

सडक बोर्डको कार्यक्रम अन्तर्गत रु. ६८ लाख ७९ हजार चार सय ९८ मा ठेक्का सम्झौता भएको योजना मार्फत पुरुण्डी खण्डमा दुई सय ३२ मिटर ढलान, एक सय ५० मिटर पक्की नाली, पर्खाल निर्माण सकिएको र ७२ मिटर प्रिमिक्स कालोपत्र गर्न बाँकी छ ।

असारमा काम नसकिएकाले दुई वटै ठेक्काको म्याद असोज सम्म थपिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । सडक बोर्डको योजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

कालोपत्र र ढलान अघि सडक फराकिलो बनाउने, नाली र कुनातर्फ टेवा पर्खाल निर्माण भएको छ । यसअघि सडक चार मिटरको अनुपातमा फरालिको थियो । विस्तार गरेर सात मिटरको अनुपातमा फराकिलो पारिएको छ ।

एकपाटेका बासिन्दा बिष्णुदत्त शर्मा मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति भएसँगै आवत जावतमा सहज भएको बताउनुभयो । “सडक सुधार भएसँगै यसअघि एकपाटे देखि बेनी आउन ४० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधी १० मिनेटमा छोटिएको छ,” उहाँले भन्नुभयो “हिलो र धुलोमुक्त सफा सडकमा सुरक्षित रुपमा यात्रा गर्न पाउँदा दंग परेका छौ ।”

स्तरोन्नति भएको सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न र भाडादर समायोजन गर्न स्थानीयबासीले माग गरेका छन् । स्थानीयको माग अनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि नयाँ आर्थिक वर्षको सुरुवातसँगै नयाँ भाडादर लागि गरिएको नगरपालिकाले जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...