
बेनी । म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट देवबहादुर खड्काको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हिरा माझी, सचिवमा मान शाही, सहसचिवमा रामकुमार भण्डारी र कोषाध्यक्षमा गणेशबहादुर खत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा कुमार श्रेष्ठ, डिलबहादुर खत्री, सञ्जित शाही, युवराज श्रेष्ठ, रेशम बुढा, कृष्णबहादुर खत्री, हरिप्रसाद शर्मा र विकास भण्डारी रहनुभएको छ । बरिष्ठ सल्लाहकार संस्थापक अध्यक्ष श्यामानन्द शर्मा, संरक्षक तथा प्रमुख कानुनी सल्लाहकार निवर्तमान अध्यक्ष देवेन्द्र चोखाल चयन हुनुभएको छ ।



समाजवादी स्वतन्त्र ट्रेड युनियन नेपालका अध्यक्ष नमराज दाहालको अध्यक्षता, नेपाल हेभी इक्युपमेन्ट स्वतन्त्र अपरेटर संघका अध्यक्ष सन्तोष श्रेष्ठ, हिमाल विश्वकर्मा, कास्कीका पुर्व अध्यक्ष सुसिल वाग्ले, प्रदेश अध्यक्ष प्रेम थापा, एम डब्लु अर्थमुभर्सका कृष्ण तिवारी, हेभी इक्युभमेन्ट अपरेटर संघ कास्कीका अध्यक्ष किशोर गौतमलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संघले डोजर, ब्याकुलोडर लगायत निर्माण कार्यमा परिचालन हुने अपरेटरहरुलाई संगठित गर्दै उनिहरुलाई समस्या पर्दा समाधानका लागि सहजिकरण गर्दै आएको छ । अघिल्लो कार्यकालमा बेनीमा संघको कार्यालय स्थापनाका साथै दुर्घटनामा परेर ज्यान गुमाएका अपरेटरका आफन्तलाई क्षतिपुर्ति, घाइतेहरुको उपचार र ज्याला उपलब्ध गराउन सहजिकरण गरेका थिए ।
