पूर्वाधार विकास कार्यालय म्याग्दीको करिब ७४ प्रतिशत पुजिगत बजेट खर्च

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । पूर्वाधार विकास कार्यालय, म्याग्दीले आर्थिक वर्ष २०८१÷०८२ मा करिब ७४ प्रतिशत पुजिगत बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गतको यो कार्यालय म्याग्दीको सबैभन्दा बढी पुजिगत बजेट भएको कार्यालय हो ।

गत वर्ष पुजिँगत शिर्षकमा रु. ६४ करोड एक लाख ४३ हजार बिनियोजन भएकोमा ७३.६५ प्रतिशत प्रतिशत अथवा रु. ४७ करोड १४ लाख ९१ हजार खर्च भएको हो । चालुतर्फ रु. एक करोड ८० लाख बजेट रहेकोमा रु. एक करोड १३ लाख ६५ हजार अथवा ६४ दशमलब १४ प्रतिशत खर्च भएको कार्यालय प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

समग्रमा रु. ६६ करोड २१ लाख ४३ हजार बिनियोजन भएकोमा रु. ४८ करोड २८ लाख ५६ हजार अथवा ७२ दशमलब ९२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको अन्तिम दिन थप रु. चार करोड बजेट रकमान्तर गरेर विभिन्न योजनाको काम गरेका निर्माण व्यवसायीहरुलाई भुक्तानीको ब्यवस्था मिलाइएको थियो ।

Shreekrishna
default

कार्यालयले ग्रामिण सडकहरु फराकिलो पार्ने, ग्रेड तथा घुम्ति सुधार गर्ने, नाली, पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी ७१ वटा योजनाका लागि पुजिँगत तर्फ रु. ५९ करोड ३१ बजेट बिनियोजन भएको थियो । रु. नौ करोड ५० लाख बजेट बिनियोजन भएका सालबसाली ३७ वटा सालबसाली योजनाहरु मध्य २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट तीन वटा योजना कार्यान्वयन भएका छन् ।

कार्यालय मार्फत यस वर्ष सञ्चालन भएका योजनाहरु मार्फत तीन दशमलब ३० किलोमिटर नयाँ कच्चि सडक निर्माण, चार दशमलब १४ किलोमिटर ग्राभेल, चार दशमलब ९० किलोमिटर कालोपत्र र ढलान, ३१ दशमलब ६० किलोमिटर सडक फराकिलो बनाउने, १० दशमलब ७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको छ ।

यसैगरी २९ वटा कल्भर्ट कजवे, १२ दशमलब ५० किलोमिटर सडक मर्मत, एक वटा झोलुङ्गे, दुई वटा मोटरेबल पुल र एक वटा भवन निर्माण सम्बन्धी योजना सम्पन्न भएका छन् । सालबसाली र पुराना योजनाको कार्यान्वयनलाई निरन्तरताका साथै यस वर्ष म्याग्दीमा बहुबर्षीय चार वटा सडक र एक वटा झोलुङ्गे पुलको योजना कार्यान्वयन चरणमा प्रवेश भएको छ ।

पुुराना सालबसाली योजनातर्फ बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना– जलजला सडकको ८७ प्रतिशत, बेनी–तोरीपानी हुदै पाखापानी सडक आयोजनाको ५७ प्रतिशत, दरवाङ– मुना – ढोरपाटन सडक योजनाको ५५ प्रतिशत, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति योजनाको सात प्रतिशत भौतिक प्रगति भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक योजनाको ५५ प्रतिशत, पखेर–बरङ्जा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला सडक योजनाको ५९ प्रतिशत, हाँडेभिर–बगरफाँट–भकिम्ली सडक योजनाको ५२ प्रतिशत र चित्रे–घोडेपानी सडकको सात प्रतिशत भौतिक प्रगति भएको छ ।

0.9.142

मालिका गाउँपालिकाको अदिभारा स्थित दाजुङ खोलामा २५ मिटर लामो मोटरेबल पुुल निर्माण अन्तिम चरणमा पुुगेको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा एक वर्षअघि निर्माण भएको २५ मिटर मोटरेबल पुलको निर्माण कम्पनीलाई बाँकी भुक्तानी गरेर यो वर्ष ठेक्का अन्त्य भएको छ ।

मालिका गाउँपालिका–७ शिवरात्री स्थित मराङखोलामा सञ्चालित मोटरेबल पुल योजनाको २० प्रतिशत भौतिक प्रगति भएको छ । धवलागिरी गाउँपालिका २ लमसुङ स्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण कार्य बर्खा लगत्तै शुरु गर्ने तयारी छ ।

गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि वि.स. २०८२ असार ११ गते सक्षम÷सिम्रन जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच ठेक्का सम्झौता भएको छ ।

रघुगङ्गा गाउँपालिका गलेश्वर पिप्ले भगवति हुदै बेग जाने बाटो र भगवति–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि हिमालयन कन्ट्रक्सनसँग २०८२ असार ९ गते ठेक्का सम्झौता भएको छ ।

मालिका गाउँपालिका–२ को रुम–ताराखोला सडक योजना कार्यान्वयनका लागि २०८२ असार ४ गते सोमरस निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । घतान ९ गलेश्वर मन्दिर देखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार सदरमुकाम मोटरबाटो सडक स्तरोन्नतिका लागि बि.बि.पी.एल. बि.एस. डि.एस धौलागिरी छनौट भएको छ । यो योजना निर्माण शुरु भएको छ ।

मालिका गाउँपालिका–५ थापाचौर र वडा नम्बर ६ को सावटा बस्ति जोड्ने म्याग्दी नदी माथी ९६ मिटर लामो झोलुुङ्गे पुुल निर्माणका सोमरस निर्माण सेवास ठेक्का सम्झौता भएको हो । बेनी–दरवाङ सडकको चुत्रेनीमा कल्भर्ट, बगुुवाखोला, ठूलोखोला, उपल्लो तातोपानी र सिममा सडक मर्मत गरिएको छ । बेनी–दरवाङ सडक अन्तर्गत फापरखेतमा खस्ने पहिरो पन्छाएर नियमित यातायात सञ्चालनको ब्यवस्था मिलाइएको छ ।

बेनी स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयको भवनमा कोठा थप भएको छ । मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलाको मोटरेबल पुल म्याग्दीको क्रोनिक आयोजनाको रुपमा रहेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...