शिवाङका ओमराज व्यवसायिक खुर्सानी खेतीमा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकवरे जातको खुर्सानी खेती भएको छ । धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानी खेती गर्नुभएको हो ।

“खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा पलास्टिकले छोप्ने मल्चिङ प्रबिधी अपनाएको हो,” उहाँले भन्नुभयो “पलास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषक तत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रबिधीको प्रभावकारी भएको छ ।”

Shreekrishna

समुन्द्रि सतहदेखि दुई हजार मिटर उचाईमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परिक्षण गरेर यसपाली देखि खुर्सानीको व्यवसायिक खेती सुरु गरेको मगरले बताउनुभयो । खुर्सानी खेतीका लागि उहाँले रु. दुई लाख ५० हजार लगानी गर्नुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

धवलागिरीमा यसअघि व्यवसायिक रुपमा अकवरे जातको खुर्सानी खेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताउनुभयो । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो । बजारको सम्भावना भएकाले अकवरे खुर्सानी खेती गरेको कृषक मगरले बताउनुभयो ।

स्थानीय बजारमा प्रतिकिलो रु. दुई सय ५० का दरले अकवरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पुर्वी पहाडी जिल्लाबाट अकवरे खुर्सानी आयात हुने गर्छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राती १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकवरे खुर्सानी खेती गर्न सकिन्छ ।

३० वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किवी खेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बन्नुभएको छ । मगर कराते खेलका खेलाडी हुनुहुन्छ ।


सन २०१९ मा जापानमा भएको अन्तराष्ट्रिय कराते प्रतियोगितामा ओमराज नेपालको तर्फबाट खेल्नुभएको थियो । उहाँको बगैचामा ७० वटा किबीका बोट छन् । गत वर्ष तीन हजार किलोग्राम किवी बिक्री गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...