पर्वतको माटे लेक देखि जलजला जोड्ने पदमार्ग निर्माण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः पर्वतको धार्मिक, पर्यटकीय स्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।

जलजला कास्कीको नयाँ पुलदेखि पर्वतको मोदी गाउँपालिका हुदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको रु. २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटे देखि मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजला सम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग निर्माण भएको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वत मार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टिका पुनले माटे देखि वाइफाइ डाडा हुदै जलजला सम्म दुई किलोमिटर दुरीमा ढुङ्गाको सिढी चिनेर पदमार्गका साथै तीन ठाउँमा विश्रामस्थल निर्माण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“परापुर्वकालमा गोठालाहरुले प्रयोग गरेको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो,” उहाँले भन्नुभयो “बस्ति देखि टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरु चार महिनासम्म निर्माण स्थलमै बास बसेका थियौ ।” पदमार्गको साथै दुलेखानी र वाइफाइडाडामा चौतारी सहित विश्रामस्थल र दृष्य अवलोकन स्थल निर्माण भएको छ ।

तीन हजार तीन सय मिटर उचाईमा रहेको माटे देखि दुलेखानी–वाइफाइडाडा हुदै तीन हजार मिटर उचाईमा अवस्थित जलजला सम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राको क्रममा अन्नपूर्ण र धौलागिरि हिमशृङखलाको साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामिण बस्ति तथा पहाडहरुको अवलोकन गर्न सकिन्छ । मृगलगायत जङ्गली जनावर पनि देखिन्छन् ।

यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

आर्थिक वर्ष २०८२÷०८३ मा प्रदेश सरकारले बिनियोजन गरेको थप रु. २० लाख बजेटबाट जलजला देखि म्याग्दीको मोहरेडाडातर्फ पदमार्ग निर्माण गरिने उहाँले बताउनुभयो । यसअघि वाइफाइ डाडामा प्रदेश सरकारको रु. १५ लाख बजेटबाट आश्रयस्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत सुविधा पु¥याइएको थियो ।

हिन्दु धार्मिक ग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतको रुपमा ब्याख्या गरिएको छ । विभिन्न किसिमका जडिवुटी पाइने जलजला जैविक बिविधतायुक्त स्थल हो । जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रर्वद्धनको गतिबिधी सञ्चालन भएको छ ।

जलजलाको पहाडको बिचमा सिम क्षेत्र छ । यहाँ बाँध थुनेर कृतिम तलाउ बनाउने योजना अघि सारिएको छ । म्याग्दीको बेनी देखि पर्वतको मल्लाज, शालिजा हुदै जलजला सम्म कच्चि सडक पुगेको छ ।

default
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...