म्याग्दीमा सार्वजनिक यातायातको भाडादर समायोजनाको तयारी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीमा सार्वजनिक यातायातको भाडादर समायोजनको तयारी भएको छ । जिल्ला यातायात भाडादर निर्धारण समितिको अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा शक्रबार भाडादर समायोजनको विषयमा छलफल भएको छ ।

छलफलमा स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संघ, नागरिक समाज र यातायात व्यवसायिहरुले दिएको सुझावको आधारमा नयाँ भाडादर निर्धारण गरिने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

उहाँले एक हप्ताभित्र बेनी देखि पाँच वटै पालिकाको केन्द्र र केन्द्र देखि ग्रामिण बस्तिमा चल्ने सवै कच्चि र पक्की सडकहरुको बस, जिप र ट्याक्सीको भाडा तोकिने जानकारी दिनुभयो । म्याग्दीमा सडक स्तरोन्नति भएपनि सार्वजनिक यातायातको भाडादर समायोजन नहुँदा सर्वसाधारण यात्रुहरु मर्कामा परेको गुनासो गरेका छन् ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बैठकमा प्रस्तुत भएको सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्यको संयोजकत्वमा गठन भएको उपसमितिले साविकको भाडादर, सडकको अवस्था र प्रस्तावित भाडादरको विषयमा छलफल भएको थियो । बैठकमा सवारी साधनले सिट क्षमता भन्दा बढी यात्रु चढाउन नपाउने, हरेक यात्रुसँग टिकट हुनुपर्ने, तोकिएको भाडादर सबै यात्रुले देख्ने गरी राख्नुपर्ने विषयमा सहमति भएको प्रजिअ ढकालले बताउनुभयो ।

हाल म्याग्दीमा वि.स. २०८० मा तोकिएको सार्वजनिक यातायातको भाडादर कायम छ । बैठकले म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनमा महिला, अशक्त, अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिकलाई आरक्षण र भाडामा छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराउने निर्णय पनि गरेको छ ।

बेनी नगरपालिकाको प्रस्तावमा नगर क्षेत्रका सार्वजनिक यातायातको नयाँ भाडादर कायम भएको छ । नगर प्रमुख सुरत केसीले जिल्ला यातायात समितिको बैठकले स्तरोन्नति भएका सडकमा बस तथा जिप, ट्याक्सी र अटोरिक्साको भाडादर समायोजन गरेको जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...