बेनीको न्यायिक समितिद्धारा ८६ प्रतिशत उजुरी फस्यौट

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिले २०८१÷०८२ मा ८६ प्रतिशत उजुरी फस्यौट गरेको छ ।

नगर उपप्रमुख ज्योती लामिछानेको संयोजकत्वमा रहेको न्यायिक समितिमा परेका २२ वटा मध्य १९ वटा उजुरीको फस्यौट भएको हो । समितिमा भकिम्लीका रत्न जिसी र जानकी शर्मा सदस्य हुनुहुन्छ ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ६ वटा उजुरी थिए भने यो वर्ष थप १६ वटा दर्ता भएका थिए । १२ वटा उजुरीलाई मिलापत्रको माध्यमबाट टुङ्गो लगाएको, सात वटाको निर्णय गरिएको र तीन वटा प्रक्रियामा रहेका छन् ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

घरायसी झै–झगडा सम्बन्धी तीन, घर बहाल सम्बन्धी दुई, सामान्य लेनदेन सम्बन्धी चार, घरजग्गा सम्बन्धी तीन र अन्य विवाद सम्बन्धी १० वटा उजुरी दर्ता भएका हुन् । न्यायिक समितिको २४ पटक बैठक बसेर ती मुद्दाहरुको मिलमिलाप तथा निर्णय गरी किनारा लगाइएको हो ।

स्थानीय तहको उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने गर्छ । न्यायिक समितिले उजुरी हेर्न र मेलमिलाप गराउन थालेपछि प्रहरी, अदालत र अर्धन्यायिक निकायमा मुद्दाको चाप घटेको छ । सर्वसाधारणले कम खर्चमा छिटो मेलमिलापको माध्यमबाट न्याय सेवा पाएका छन् ।

१० वटा वडा रहेको बेनी नगरपालिकामा ४२ जना सूचिकृत मेलमिलाप कर्ताहरु छन् । वडा कार्यालयमा मेलमिलाप केन्द्र रहेको छ । प्रदेश सरकारले एक जना न्यायिक सहजकर्ताको ब्यवस्था गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...