घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजना पुनःनिर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मङ्गला गाउँपालिका–२ स्थित घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजनाको नहर १५ वर्षपछि पुनः निर्माण भएको छ ।

सल्यानको फेदीमा रहेको घुरेनीको मुहानदेखि कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर वि.स. २०६७ मा सिम–कुहुँ सडक निर्माणका क्रममा पुरिएको थियो । घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर खत्रीले खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको सहयोगमा १५ वर्षपछि नहर पुननिर्माण गरिएको बताउनुभयो ।

“नहर पुरिएपछि पाइपबाट पानी ल्याएर खेतीबाली लगाउन र सिचाई गर्न साह्ै समस्या भएको थियो,” उहाँले भन्नुभयो “यसपाली नहर पुननिर्माण भएपछि समयमै रोपाई गर्नुका साथै हिउँदेबालीमा सिचाई गर्न सहज भएको छ ।” पाइपमा पर्याप्त पानी नआउने र कच्चि नहरमा पानी सोसिने अर्को समस्या पनि थियो ।

Shreekrishna
default
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

योजनाबाट १५ हेक्टर क्षेत्रफल जमिनमा सिचाई सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताउनुभयो । एक हजार सात सय मिटर पक्की नहर निर्माण भएको उहाँले बताउनुभयो । मुख्य नहरका शाखा नहरहरु पनि निर्माण भएको छ ।

रु. एक करोड ३३ लाख लागत अनुमान गरिएको योजना निर्माणका लागि २०८१ जेठ २५ गते शान्ति निर्माण सेवाले रु. रु. ९० लाखमा ठेक्का सम्झौता गरेको थियो । एक वर्षको ठेक्का अवधी भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. दश लाख बजेट बिनियोजन भएको योजनाका लागि रु. एक करोड ३३ लाख बराबरको स्रोत सुनिश्चितता गराएर बहुबर्षीय ठेक्का लगाइएको डिभिजनल इञ्जिनियर ओझाले बताउनुभयो ।

कोत्रवाङ र सिमको बिचमा बाँकी रहेको सिचाई योजनाको संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट आगामी आर्थिक वर्षका लागि रु. पाँच लाख बिनियोजन भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...