रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७८ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल ४८ करोड ६५ लाख ३९ हजार बजेट बिनियोजन भएकोमा ७८ दशमलब ४१ प्रतिशत अथवा ३८ करोड १४ लाख ७७ हजार दुई सय ४८ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पुँजिगत शिर्षकमा रु. १२ करोड ४६ लाख ५२ हजार बजेट बिनियोजन भएकोमा रु. आठ करोड २७ लाख ७१ हजार छ सय ८९ खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर भण्डारीले बताउनुभयो ।

Shreekrishna

पुजिगत शिर्षकको ६६ दशमलब ४० प्रतिशत बजेट खर्च भएको हो । चालु शिर्षकमा रु. ३६ करोड १८ लाख ८७ हजार बिनियोजन भएकोमा रु. २९ करोड ८७ लाख पाँच हजार पाँच सय ५८ अथवा ८२ दशमलब ५४ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन बुधबारसम्म थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...